१० महिनामा भित्रियो ८ खर्ब १२ अर्ब रेमिट्यान्स « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

१० महिनामा भित्रियो ८ खर्ब १२ अर्ब रेमिट्यान्स



काठमाडाैं । वैशाख महिनामा रेमिट्यान्स आप्रवाहमा थप सुधार भएको छ । २०७८ साउनदेखि २०७९ वैशाखसम्मको विप्रेषण आप्रवाह ०.२ प्रतिशतले बढेर ८ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले बढेको थियो ।


अमेरिकी डलरमा हेर्दा विप्रेषण आप्रवाह १.६ प्रतिशतले कम भएर ६ अर्ब ७६ करोड डलरमा छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.१ प्रतिशतले बढेको थियो ।

साउनदेखि वैशाखको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति -संस्थागत तथा व्यक्तिगत (नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या पनि बढेको छ । यो अवधिमा लाख ७८ हजार २९८ जनाले विदेश जान नयाँ श्रम स्वीकृति लिएका छन् ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६८.४ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १८५.५ प्रतिशतले वृद्धि भई २ लाख ३० हजार ४६६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेसिने नेपालीको संख्या ५४.० प्रतिशतले घटेको थियो ।

प्रकाशित : २७ जेष्ठ २०७९, शुक्रबार २०:०१