काठमाडौं । नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। निगमले बिहीबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलमा प्रतिलिटर ८ रूपैयाँ र डिजल/ मट्टीतेलमा प्रतिलटर १२ रूपैयाँ बढाएको हाे। अब पेट्रोल प्रतिलिटर १ सय ७८ रुपैयाँ र डिजल/ मट्टीतेलमा प्रतिलटर १ सय ६५ रुपैयाँ कायम गरिएको छ। खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ।
२६ जेष्ठ २०७९, बिहीबार २२:२९
Comment