विनाअनुमती स्याटेलाइट प्रविधिबाट इन्टरनेटको विज्ञापन नगर्न प्राधिकरणकाे निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

विनाअनुमती स्याटेलाइट प्रविधिबाट इन्टरनेटको विज्ञापन नगर्न प्राधिकरणकाे निर्देशन



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले अनुमति नलिइ सेटलाइट प्रविधिबाट इन्टरनेटको विज्ञापन हुन थालेको भन्दै कारवाहीको चेतावनी दिएको छ।

प्राधिकरणले सामाजिक संजालहरुमा अनुमति पत्र नलिई सेटलाइट प्रविधिबाट इन्टरनेट सेवा संचालन वितरण सम्बन्धमा विज्ञापन भइरहेकोले त्यस्ता कार्य रोक्न निर्देशन दिएको छ।

दूरसंचार ऐन, २०५३ को दफा २१ मा कसैले पनि अनुमतिपत्र नलिइ सेवा संचालन गर्न नपाइने कानुनी व्यवस्था छ। सेवाग्राहीहरुलाई भ्रममा नपर्न र प्राधिकरणबाट अनुमतिपत्र प्राप्त नगरी गैरकानुनी रुपमा कसैले पनि इन्टरनेट सेवा संचालन नगर्न प्राधिकरणले सूचित गरेको छ।

प्राधिकरणले सूचनामा जारी गदै ‘हाल सामाजिक संजालहरुमा अनुमतिपत्र प्राप्त नगरी विपरित स्याटेलाइट प्रविधिबाट इन्टरनेट सेवाको संचालन र वितरण सम्बन्धमा विज्ञापन हुने गरेको भन्ने बुझिन आएकोले कोही कसैले पनि अनुमतिपत्र प्राप्त नगरी इन्टरनेट सेवा संचालन नगर्नु र नगराउनु हुन सूचित गरिन्छ।

अनुमतिपत्र प्राप्त नगरी इन्टरनेट सेवा संचालन गर्ने र गराउने जस्ता गैरकानुनी कार्य गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा जानकारी गराउछौं ।’

प्रकाशित : २६ जेष्ठ २०७९, बिहीबार १२:०५