कुमारी बैंक र अन्नपूर्ण केबलकार बिच सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कुमारी बैंक र अन्नपूर्ण केबलकार बिच सम्झौता



काठमाडौं । कुमारी बैंक लिमिटेड र पोखरा स्थित अन्नपूर्ण केबलकार बिच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई अन्नपूर्ण केबलकारबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकले सो संस्थाबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट कार्ड वा एइक् बाट भुक्तानी गर्दा १०५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन ्। सो सम्झौता पत्रमा कुमारी बैंकका गण्डकी प्रदेशका प्रमुख नवीन राज पौडेलले तथा अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरेका छन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४२ शाखारहित बैंकिङ्ग ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित : 9 June, 2022 11:32 am