बालेनलाई नबिल बैंकको साथ, आफ्ना शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिने घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बालेनलाई नबिल बैंकको साथ, आफ्ना शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिने घोषणा



काठमाडौं । नबिल बैंकले आफ्नो केन्द्रीय कार्यालय र १७ वटा शाखाका शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिने भएको छ ।

काठमाडौं महानगरपालिका र नबिल बैंकबीच बुधबार सम्झौता भएको छ, जसअनुसार तीनधारा दरबारमार्गस्थित केन्द्रीय कार्यालय र १७ वटा शाखाका शौचालयलाई बैंकले सार्वजनिक रुपमा प्रयोग गर्न दिनेछ ।

शौचालय प्रयोग गरे बापत बैंकले कुनै शुल्क लिने छैन भने शौचालयको मर्मत सम्भार, सफाइ र पानीको प्रबन्ध बैंकले गर्नेछ ।
यो सम्झौता ५ वर्षको हुने छ ।

प्रकाशित : २५ जेष्ठ २०७९, बुधबार १२:५६