यती डेभलपमेण्ट अब अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

यती डेभलपमेण्ट अब अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा



yeti-dev-bank-696x658काठमाडौं, २० मंसिर  । बैंक वित्तीय संस्थाहरुलाई अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध गराउदै लाने क्रममा नेपाल क्लियरिङ्ग हाउसले यती डेभलपमेण्ट बैंक संग अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सेवा सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको छ । यस सम्झौतापत्रमा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र यती डेभलपमेण्ट बैंकका तफर्बाट प्रमुख कार्यकारी अधिकृत सागर शर्माले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अनुसार नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले बैकलाई अन्तर बैंक विद्युतीय भुक्तानी सेवा संचालनको लागि अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली उपलब्ध गराउने छ । यस प्रणाली माफर्त कम्पनीसंग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता कारोबारहरु पूर्णतया रुपमा संचालन गर्न सक्नेछन् । ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, बिलभुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षाभत्ता, पेन्सन/तलब भुक्तानी, रेमिटेन्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले गर्न सक्नेछन् । उक्त प्रणाली मार्पmत हुने कारोबार पारदर्शी हुने, अधिकतम संख्यामा हुने कारोबारहरु पनि सहजै गर्न सकिने जाएको छ । त्यस्तै जोखिम न्यूनिकरण हुने लगायत अन्तराष्ट्रिय स्तरको प्रविधिमा आधारित आधुनिक भुक्तानी सेवाहरु समेत ग्राहकलाई प्रदानगर्न सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित : २१ मंसिर २०७३, मंगलवार १०:५५