काठमाडाैं । शेयर बजारमा सुधारको माग गर्दै नेपाल स्टक एक्सचेन्ज ( नेप्से ) घेराउ गर्न पुगेका लगानीकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउन पर्नेमा पुँजी बजार सुधार र विकासका लागि गठित समितिका संयोजक तिलक कोइरालालगायत ५ लगानीकर्ता छन् । मंगलबार दिउँसो ३ बजे नेप्से अगाडि प्रदर्शन गर्न गएका लगानीकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।
पुँजी बजारमा गंभीर संकट आएको भन्दै १९ बुँदे मागसहित कोइराला असार १ गतेदेखि आमरण अनशनमा बस्ने घोषणा गरिसकेका छन् । उक्त अनशन बस्नु अगाडि लगानीकर्ताले विभिन्न बिरोधका कार्यक्रमहरु घोषणा गरेका छन् । सोही कार्यक्रमअनुसार मंगलबार लगानीकर्ता नेप्सेमा प्रदर्शन गर्न गएका थिए । प्रहरीले भने निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै उनिहरुलाई पक्राउ गरेको बताएको छ ।
Comment