आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयर नेप्सेमा सूचीकृत



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचीकृत भएको छ । कम्पनीको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनी गत फागुन २२ गते देखि चैत १३ गतेसम्म चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद निष्काशन गरेको थियो । उक्त हकप्रद शेयर, सोमबार नेप्सेमा सूचीकृत भएको हो ।

शेयरधनीको डिम्याट खातामा आएपछि उक्त हकप्रद शेयर, दोस्रोबजारमा किनबेच गर्न सकिनेछ ।

प्रकाशित : २३ जेष्ठ २०७९, सोमबार १६:२९