माण्डु हाइड्रोपावरले १२ प्रतिशत नगद लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

माण्डु हाइड्रोपावरले १२ प्रतिशत नगद लाभांश दिने



काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीको साउन २७ गते बसेको २२८औँ सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजी रु. १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार को १२ प्रतिशतका दरले हुने रु. १६ करोड ३६ लाख ३६ हजार ४४० नगद लाभांश प्रस्ताव गरेको हो।

उक्त रकममा लाभांशमा लाग्ने करसमेत समावेश रहेको कम्पनीले जनाएको छ।

प्रकाशित : 13 August, 2026 12:51 pm