काठमाडौं, २० मंसिर । नेपाल धितोपत्र बोर्डले शेयर बजारका लगानीकर्तालाई हतोत्साही नभई सुझबुझपूर्ण तरिकाले लगानी गर्न सुझाएको छ । बोर्डले सोमबार प्रेस वक्तव्य जारी गर्दे अप्रत्याशित रुपमा बजार घटबढ हुनुपर्ने कुनै कारण नभएको भन्दै आफूले खरिदबिक्री गर्ने कम्पनीको वास्तविक अवस्थाबारे जानकारी राखेर कारोबार गर्न आग्रह गरेको छ ।
Comment