कुमारी बैंकको ‘होलिडे काउन्टर’ सेवा, आइतबार बिदाका दिन पनि यी १७ शाखा खुल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कुमारी बैंकको ‘होलिडे काउन्टर’ सेवा, आइतबार बिदाका दिन पनि यी १७ शाखा खुल्ने



काठमाडौं । कुमारी बैंकले ग्राहकको सुविधाका लागि होलिडे काउन्टर सेवा संचालनमा ल्याएको छ । बैंकले आइतबार सार्वजनिक बिदाका दिनमा पनि देशका विभिन्न १७ वटा शाखामार्फत् बैकिङ सेवा उपलब्ध गराउने भएको हो ।

सरकारले जेठ १ गतेदेखि शनिबार र आइतबार सार्वजनिक बिदा घोषणा गरेको छ । सोसँगै आइतबार पनि बैंक बन्द हुन थालेपछि बैंकले ग्राहकको असुविधालाई मध्यनजर गर्दै विभिन्न शाखा खोल्ने भएको हो ।

बैंकले आइतबार प्रदेश १ मा ४ वटा र मधेश प्रदेशमा एउटा शाखा संचालन गर्ने भएको छ । प्रदेश १ मा विराटनगर, इटहरी, उर्लाबारी, विर्तामोड शाखा र मधेश प्रदेशको वीरगंज शाखा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खोल्ने भएको हो ।

यसैगरी, वाग्मती प्रदेशमा जम्मा ६ वटा शाखा खुला गर्ने भएको छ । उपत्यकाभित्र पुतलीसडक, कुमारीपाटी र भक्तपुर शाखा (बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र न्यूरोड शाखा दिउँसो २ बजेदेखि बेलुका ५ बजेसम्म)खुला हुनेछ । यस्तै, उपत्यकाबाहिर हेटौंडा र नारायणगढ शाखा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म संचालनमा रहेनछन् ।

यसैगरी, गण्डकी प्रदेशमा पोखरा र कावासोती, लुम्बिनी प्रदेशमा बुटवल शाखा (राममन्दिर लाइन), कर्णाली प्रदेशमा सुर्खेत शाखा, सुदूरपश्चिम प्रदेशको धनगढी शाखा र कञ्चनपुर शाखा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला हुनेछन् ।

प्रकाशित : २० जेष्ठ २०७९, शुक्रबार १३:३०