काठमाडाैं । नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्तिमा जाने बैंक वित्तीय संस्थालाई संधैभरी छुट, सहुलियत र सुविधा दिन नसकिने बताएको छ ।
बिहिबार कमर्शियल बैंकका अध्यक्ष र संचालकको बैठकमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारले छलफल गर्दै मर्जरको बिषयमा गम्भिर भएर लाग्न निर्देशन दिएका हुँन ।
राष्ट्र बैंकले कमर्शियल बैंकका अध्यक्ष र संचालकलाई छलफलको लागि डाकेको थियो। बैठकमा सहभागि एक अधयक्षका अनुसार गभर्नरले अप्रत्यक्ष रुपमा असार मसान्त भित्र सम्झाैता गर्न निर्देशन दिएको बताए ।
Comment