दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत



काठमाडौं । मंगलबार नेप्सेमा दूई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सर्पोट लघुवित्त वित्तीय संस्था र नेको इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको हो ।

सर्पोट लघुवित्तको १ लाख ९८ हजार कित्ता र नेको इन्स्योरेन्स कम्पनीको २२ लाख ८२ हजार ४५० दशमलव ६१ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

उक्त शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा लगानीकर्ताले खरिदबिक्री गर्न पाउनेछन् ।

प्रकाशित : १७ जेष्ठ २०७९, मंगलवार १६:४५