एक हप्ताको अवधिमा वाणिज्य बैंकहरुमा ६ अर्बले बढ्यो निक्षेप « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एक हप्ताको अवधिमा वाणिज्य बैंकहरुमा ६ अर्बले बढ्यो निक्षेप



काठमाडौं । पछिल्लो एक सातामा वाणिज्य बैंकहरुको निक्षेप संकलनमा सुधार भएको छ । जेठ महिनाको पहिलो हप्ताको तुलनामा दोस्रो हप्ता वाणिज्य बैंकहरुमा ६ अर्ब निक्षेप थपिएको हो ।

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार जेठ ६ गतेदेखि १३ गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ६ अर्ब रुपैयाँ बराबरले वृद्धि भएको छ । जेठ ६ गतेसम्म वाणिज्य बैंकहरुमा ४३ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । उक्त निक्षेप जेठ १३ गतेसम्म ६ अर्बले बढेर ४३ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको हो ।

यता, वाणिज्य बैंकहरुले पछिल्लो साता कर्जा प्रवाह पनि विस्तार गरेका छन् । एक हप्ताको अवधिमा वाणिज्य बैंकहरुले ४ अर्ब कर्जा प्रवाह गरेको हुन् । तथ्यांक अनुसार जेठ ५ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जा प्रवाह ४ अर्बले बढेर जेठ १३ गतेसम्म आइपुग्दा ४१ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको संघको तथ्यांकमा उल्लेख छ ।

१३ गतेसम्म आईपुग्दा वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ९०.६० प्रतिशत रहेको छ।

प्रकाशित : १७ जेष्ठ २०७९, मंगलवार १५:१०