साताको नेप्से- १३१ अंकको वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

साताको नेप्से- १३१ अंकको वृद्धि



stockकाठमाडौं, १७  मंसिर । यस साताको नेप्से परिसुचक पहिलो दिनको तुलनामा १ सय ३१ दशमलव ०१ अंकले बढेर अन्तिम दिन १ हजार ६ सय दशमलव ४९ अंकमा पुगेर कारोबार बन्द भएको थियो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा २९ दशमलव ५९ अंकले बढेर ३ सय ४६ दशमलव ४४ अंकको बिन्दुमा कारोबार बन्द भएको छ ।

साताभरमा नेप्सेमा १ सय ५२ कम्पनीहरुको शेयर कारोबार भएको छ, जस अनुसार ३७ हजार ४ सय ३६ कारोबारबाट ५ अर्ब ८३ करोड २५ लाख ३५ हजार रुपैंयाँ बराबरको ७४ लाख ६१ हजार ३ सय १० कित्ता शेयर किनबेच भएको छन् । कारोबार रकम गत साताको भन्दा १५ दशमलव ०२ प्रतिशतले बढी हो । गत साता १५२ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार ३१ हजार ३ सय ३६ कारोबारबाट ५ अर्ब ७ करोड ७ लाख ६६ हजार रुपैयाँ बराबरका ७३ लाख ३५ हजार ३ सय ६० कित्ता शेयरहरु खरिद बिक्री भएको थिए ।

त्यसैगरी कारोबार रकमको आधारमा यो साता एभरेस्ट बैंक अग्रस्थानमा रह्यो, जसको ७२ करोड १० लाख ६० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी शिखर इन्स्योरेन्सको ३२ करोड ६५ लाख ९० हजार रुपैयाँ, बैंक अफ काठमाण्डौं लुम्बिनी बैंकको २८ करोड ४ लाख ३० हजार रुपैंयाँ, सिद्धार्थ बैंकको २४ करोड १८ लाख ४० हजार रुपैंयाँ र नेसनल लाइफ इन्स्योरेन्सको १९ करोड ६ लाख १० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएका छन् ।

त्यसैगरी साताभर ५ दिनको कारोबार भएकोमा शेयर संख्याको आधारमा बैंक अफ काठमाण्डौं लुम्बिनी बैंक अग्रस्थानमा रहेको छ, जसको ४ लाख ३७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । त्यसैगरी कारोबार संख्याको आधारमा पनि बैंक अफ काठमाण्डौं लुम्बिनी बैंक अग्रस्थानमा रहेको छ, जसको १ हजार १ सय २२ वटा रहेको छ ।

नेप्सेमा कसमस डेभलपमेन्ट बैंकको हकप्रद शेयर ५ लाख ३ हजार १ सय २५ कित्ता सुचीकृत भएको छ ।

प्रकाशित : १७ मंसिर २०७३, शुक्रबार १०:१९