काठमाडौं । पूर्वअर्थमन्त्री विष्णु पौडेलले आर्थिक बोझ पर्ने गरी बजेट ल्याएकाे बताएका छन् । बजेटमाथि संसदमा सुरु भएको छलफल कार्यक्रममा बोल्दै उनले आर्थिक सङ्कटको डिलमा पुगेको मुलुकको अवस्थालाई ख्याल नगरी बजेट ल्याइएको बताएका छन्।
सरकारको विद्युतीय सवारी साधनको प्रयोगलाई निरुत्साहित गर्न खोजेको आरोप पनि लगाएका छन् । त्यसैगरी उनले बजेटले कृषिलाई आत्मनिर्भर बनाउने राष्ट्रिय संकल्प त्यागेको भन्दै उनले कृषि क्षेत्रको आयात कम हुने नीति नआएको बताए ।
बजेटका प्राथमिकता र उद्देश्य शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रले प्राथमिकता नपाएको उल्लेख गरे । उद्देश्य र प्राथमिकताबीच संगती नभएको भन्दै बजेट निबन्ध जस्तो मात्र भएको बताए ।
उनले चतरा-सगरमाथा द्रुतमार्ग बनाउने बजेट घोषणालाई काल्पनिक आयोजनाको संज्ञा दिदै यो प्राथमिकतामा ल्याउन सकिएला त भन्ने धारणा राखेका छन् ।
Comment