दक्षिण एसियाका ४ मुलुकबीच सिधा यातायात सञ्चालन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

दक्षिण एसियाका ४ मुलुकबीच सिधा यातायात सञ्चालन



काठमाडौं । दक्षिण एसियाका चार मुलुकबीच यातायात सम्झौता भएको छ ।  सार्क राष्ट्रको चार मूलुक भुटान, बंगलादेश, भारत र नेपालबीच यातायात सम्झौता भएको हो । सम्झौताअनुसार कार्गो ढुवानी, निजी सवारीसधान र सार्वजनिक यातायात निर्वाध रूपले सञ्चालन हुने पाउँनेछन् । ’मोटर भेहिकल्स एग्रिमेन्ट फर दि रेगुलेसन अफ प्यासेन्जर, पर्सनल एन्ड कार्गो भेहिकुलर ट्राफिक बिटुवीन बंगलादेश, भुटान, भारत एन्ड नेपाल (बीबीआईएन एमभीए)’ नाम दिइएको यो सम्झौतामा चार देशका यातायात मन्त्रीले भुटानको राजधानी थिम्पुमा हस्ताक्षर गरेका छन् । सदस्य मुलुकबीच क्षेत्रीय सम्पर्क थप प्रभावकारी बनाउने उद्देश्यले सोमबार भएको सम्झौता आगामी अक्टोबरदेखि लागू हुनेछ ।

हस्ताक्षरपछि जारी संयुक्त विज्ञप्तिमा ’सम्झौताले चार देशबीच यातायात अधिकार, अन्तर्देशीय सीमापार आवागमन, सवारी साधन र जनताको आवागमनलाई प्रवद्र्धन गर्ने’ उल्लेख छ । बैठकमा सहभागी हुन नेपालको तर्फबाट भौतिक यातायात तथा पूर्वाधारमन्त्री विमलेन्द्र निधीसहितको प्रतिनिधीमण्डल भुटान गएको थियो । सम्झौतामा हस्ताक्षर भएसँगै नेपाललगायत सबै देशले फाइदा लिने मन्त्री निधिले बताएका छन् । भारतीय यातायातमन्त्री नितिन गडकरीले सम्झौताबाट छिमेकी मुलुकले लाभ लिने बताए । बैठकमा एसियाली विकास बैंकका उपाध्यक्ष बेनकाई झुआङ्को पनि उपस्थिति रहेको थियो । यो उपक्षेत्रीय सहकार्यका लागि एडीबीले प्राविधिक सहयोग गरेको हो भने, एडीबीले तयार पारेको साउथ एसिया सब रिजनल इकोनोमिक कोअपरेसन (सासेक) मोडल अन्र्तगत यो सम्झौता भएको हो ।

प्रकाशित : १ असार २०७२, मंगलवार ०५:४३