काठमाडौं । सरकारले पेट्रोलियम पदार्थबाट सवारी साधनलाई विद्युतीय गाडीमा रुपान्तरण गर्ने भएको छ ।
आइतबार अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०७९/०८० को आय व्यव विवरण सार्वजनिक गर्दै सो कुरा बताएका हुन ।
उनले काठमाडौं उपत्यकामा सञ्चालन रहेका पेट्रोलियम पदार्थबाट चल्ने निजी तथा सार्वजनिक गाडीहरूलाई विद्युतीय गाडीमा रूपान्तरण गरिने बताएका हुन ।
सवारी प्रदूषण मापनका लागि स्वचालित प्रविधि स्थापना गरिने आवश्यक बजेट व्यवस्थापन गरिने उनले बताए ।
Comment