म्यादी प्रहरीलाई उद्यमी वा जागिरे बन्ने अवसर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थतन्त्र

म्यादी प्रहरीलाई उद्यमी वा जागिरे बन्ने अवसर

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाैं । सरकारले म्यादी प्रहरीलाई लक्षित गरि उद्यमशीलता र स्वरोजगार योजना ल्याएको छ। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९ ।०८० बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्।

उनका अनुसार म्यादी प्रहरीमा आबद्ध भएर देशलाई योगदान पुर्याउनेहरुलाई लक्षित गरि उद्यमशीलता र स्वरोजगार योजना ल्याइएको हो। यस अनुसार म्यादी प्रहरीमा काम गरेकाहरुलाई उनीहरुको रोजाई र क्षमताअनुसार उद्यम र रोजगारमा लगाइने छ।

उद्यममा लाग्नेहरुलाई उनीहरु को चाहनाअनुसारको क्षेत्रमा उद्यम गर्न सघाइनेछ भने रोजगार गर्न चाहनेहरुलाई सिप र क्षमताअनुसार बिभिन्न क्षेत्रमा रोजगारको व्यवस्था गरिनेछ।

त्यस्तै उनीहरुलाई संचित सुरक्षा बलको रुपमा समेत उपयोग गर्ने व्यवस्था गरिने अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिएका छन्। यस पटक अर्थात २०७९ सालको स्थानीय तहको निर्वाचनमा १ लाख म्यादी प्रहरीले रोजगारी पाएका थिए ।

प्रकाशित : १५ जेष्ठ २०७९, आइतबार १७:४५ 29 May, 2022 5:45 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।