कृषि तथा पशुपन्छीतर्फको बजेटमा भारी वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कृषि तथा पशुपन्छीतर्फको बजेटमा भारी वृद्धि



काठमाडाैं । सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि कृषि तथा पशुपन्छीतर्फको बजेटमा भारी वृद्धि गरेको छ । नयाँ आर्थिक वर्षका लागि अर्थमन्त्री जनार्दन शर्माले ४७ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन गरेका हुन् ।

कृषि बजेटको मुख्य पाँच विशेषता यस्ता छन् ।

– धान, मकै, गहुँ र तरकारीको आयात ३० प्रतिशतले घटाइने ।

– किसानसँग सरकार कार्यक्रम अन्तर्गत ‘किसान हित कोष’ स्थापना गरिने ।

– प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम पुर्नसंरचना गरिने ।

– हरेक स्थानीय तहमा एक कृषि स्नातक प्राविधिकको व्यवस्था ।

–प्रधानमन्त्री र सविभागिय मन्त्रीको संयोजकत्वमा उत्पादन वृद्धि गर्न संयन्त्र बन्ने ।

–कृषि एम्बुलेन्सको व्यवस्था गर्ने ।

–कृषि उत्पादन बजार व्यवस्थापन गरिने, कृषिवस्तुको खरिद गरिने ।

–कृषि बीमामा प्रिमियम ८० प्रतिशत पुर्‍याइने ।

–कृषि तथा पशु विमामा अनुदान थप ।

प्रकाशित : १५ जेष्ठ २०७९, आईतवार १७:१०