काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा वैशाख महिनामा १३ वटा कम्पनीको सेयर सूचिकृत भएको छ । नेप्सेमा बाेनस, हकप्रद, ऋणपत्र तथा आईपीओ गरेर करिब ५ कराेड ३९ लाख ३९ हजार ४०१ कित्ता शेयर सुचिकृत भएको हो ।
वैशाख महिनामा नेप्सेमा सूचिकृत भएका कम्पनीहरु
१. मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेड
नेप्सेमा मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडको १३ प्रतिशत बोनस बापतको ५ लाख २० हजार कित्ता सेयर सूचिकृत भएको हो ।
२. सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड
सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड र वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा १ः१ को अनुपातमा गाभिँदा कायम हुन आएको प्रति सेयर अंकित तथा चुक्ता मूल्य १ सय रूपैयाँ दरको ७९ लाख १९ हजार ८ सय ४८ कित्ता सेयर धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो ।
३. महुली लघुवित्त वित्तीय संस्था लिमिटेड
नेप्सेमा महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको २६ प्रतिशत बोनस बापतको ५ लाख ८२ हजार २ सय ५४ दशमलव ४० कित्ता सेयर सूचिकृत भएको हो ।
४. एभरेष्ट बैंक लिमिटेड
नेप्सेमा एभरेष्ट बैंक लिमिटेडको ८ लाख ५६ हजार ७ सय ८३ कित्ता ऋणपत्र सूचिकृत भएको हो ।
५. समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड
नेप्सेमा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस बापतको ५ लाख ७१ हजार २ सय ४० दशमलव ३२ कित्ता सेयर सूचिकृत भएको हो ।
६. लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड
नेप्सेमा लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको २० प्रतिशत बोनस बापतको ४४ लाख २२ हजार कित्ता सेयर सूचिकृत भएको हो ।
७. हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड
हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको ६.६५ प्रतिशत बोनस बापतको ७ लाख ३१ हजार ७ सय २४ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।
८. छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेड
छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडको ३० प्रतिशत हकप्रद बापतको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको हो ।
९. मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड
नेप्सेमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको १७ प्रतिशत बोनस बापतको २ लाख ५ हजार ९ सय ५५ कित्ता सेयर सूचिकृत भएको हो ।
१०. कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको १३ प्रतिशत बोनस बापतको ३ लाख ५९ हजार ९ सय ४५ दशमलव १६३५ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको थियो ।
११. श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको ७.७० प्रतिशत बोनस बापतको ६ लाख ८५ हजार ४ सय १ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । फाइनान्सले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट फाइनान्सका सेयरधनीहरूलाई चुक्ता पूँजीको ७.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.३० प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
१२. ग्रीन भेन्चर्स कम्पनी लिमिटेड
नेप्सेमा ग्रीन भेन्चर्स कम्पनी लिमिटेडको ३ करोड १२ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत भएको हो ।
१३. छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड
नेप्सेमा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडकोे २७ प्रतिशत बोनस बापतको ४९ लाख ४१ हजार कित्ता सेयर सूचिकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई चुक्ता पूँजीको २७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
Comment