विन नेपाल लघुवित्तको सेयर कारोबार फुकुवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

विन नेपाल लघुवित्तको सेयर कारोबार फुकुवा



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा गरेको छ। संस्थाले पुनः बुक क्लोजको मिति तोकी पठाउने जानकारी गराएपछि नेप्सेले सेयर कारोबार फुकुवा गरेको हो।

सूचीकृत कम्पनीहरुले नियम अनुसार बुक क्लोज मिति तय हुनु भन्दा ७ दिन अघि सो को जानकारी नेप्सेलाई दिनुपर्ने हुन्छ। विन लघुवित्तले गत वैशाख ३० गते पठाएको उक्त सूचना भूलवस त्रुटी हुन गएको र अबबाट धितोपत्र सूचीकरणको नियम पालना गर्ने प्रतिबद्धता जनाएपछि नेप्सेले कारोबार फुकुवा गरेको छ ।

प्रकाशित : 20 May, 2022 12:58 pm