सुनकोशी गाउँपालिकामा गठबन्धन विजयी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थ राजनीति

सुनकोशी गाउँपालिकामा गठबन्धन विजयी



काठमाडौँ । सुनकोशी गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का दिपा बोहोरा दाहाल र उपाध्यक्षमा नेपाली कांग्रेसका कपिल कोइराला निर्वाचित भएका छन् । गाउँपालिकामा अध्यक्षमा निर्वाचित दिपाले ५३७६ मत प्राप्त गरेकी छन् भने निकटतम प्रतिस्पर्धी एमालेका रोमनराज गिरीले ५०९८ मत पाए ।

उपाध्यक्षमा गठबन्धनबाट कांग्रेसका कपिल कोइराला फराकिलो मताअन्तरले निर्वाचित भएका छन् । उनले ६५९४ मत प्राप्त गरेका छन् । उनको निकटतम प्रतिस्पर्धी एमालेकी हेमा अधिकारीले ३९५८ मत प्राप्त गरिन् ।

७ वडा रहेको सुनकोसीमा वडा नम्बर १ देखि ४ सम्म कांग्रेस, ५ र ६ माओवादी केन्द्र र ७ मा एमालेले जित हासिल गरेको छ ।

प्रकाशित : ५ जेष्ठ २०७९, बिहीबार १२:०४