काठमाडौंमा बालेन साहको अग्रता कायमै, १८०१६ मत प्राप्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थ राजनीति

काठमाडौंमा बालेन साहको अग्रता कायमै, १८०१६ मत प्राप्त



काठमाडौं । काठमाडौं महानगरका मेयरका उम्मेदवार बालेन साहको अग्रता कायमै रहेको छ। पछिल्लो अपडेट अनुसार साहले १८ हजार १६ मत प्राप्त गरेका छन् ।

उनी निकटम प्रतिद्वन्द्वीभन्दा ८ हजार ६९७ मतले अगाडि छन् । उनका निकटम प्रतिद्वन्द्वी एमाले उम्मेदवार केशव स्थापितले ९ हजार ३१९ मत प्राप्त गरेका छन् । साथै तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ८ हजार ३७२ मत प्राप्त गरेकी छन् ।

हालसम्म वडा नम्बर १, २, ३ र ५ वडाको मतगणना सकिएको छ भने वडा नम्बर ४, ६, ७, २८, २९, ३१, ३१, ३२ नम्बरको वडाको मतगणना भइरहेको छ ।

प्रकाशित : ४ जेष्ठ २०७९, बुधबार १८:१९