नेप्सेमा ८.९० अंकको बृद्धि, कारोबार रकम भने बढ्न सकेन् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा ८.९० अंकको बृद्धि, कारोबार रकम भने बढ्न सकेन्



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा यस साताको कारोबारको दोस्रो दिन आज (बुधबार) ८.९० अंकले बढेर दुई हजार २ सय ७४ दशमलव ४३ विन्दुमा रोकिएको छ ।

त्यसैगरी, आज कारोबार रकम भने घटेको छ । आज एक अर्ब ३२ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीमध्ये १२७ कम्पनीको शेयरमूल्य बढेको छ भने ५२ कम्पनीकोे शेयरमूल्य घटेको छ । आज राद्यी विद्युत कम्पनीको शेयरमूल्य ६.०२ प्रतिशतले बढेर प्रतिकित्ता ६५२ रुपैयाँ पुगेको छ ।

त्यस्तै, आज सुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यो कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावरको भएको छ । यस कम्पनीको आज ५ करोड ३८ लाख ३० हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : ४ जेष्ठ २०७९, बुधबार १५:१८