काठमाडौं । रियल टाइम ग्रस सेटलमेन्ट आरटिजिएस प्रणालीमा थप ४ बैंक तथा वित्तीय संस्थाहरु आबद्ध भएका छन् । राष्ट्र बैंकका अनुसार जेठ ४ गते बुधबारदेखि मितेरी डेभलपमेन्ट बैंक लिमिटेड, नेपाल फाइनान्स लिमिटेड, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेड आबद्ध भएका हुन् ।
उक्त संस्थाहरुले आरटिजिएस प्रणालीमा प्रत्यक्ष सहभागीका रुपमा आबद्ध भई कारोवार गर्ने भएका हुन् ।
Comment