काठमाडौंमा बालेनको अग्रता कायमै, १६०५२ मत प्राप्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थ राजनीति

काठमाडौंमा बालेनको अग्रता कायमै, १६०५२ मत प्राप्त



काठमाडौ‌ । काठमाडौं महानगरपालिकाको जारी पछिल्लो मतगणनाको विवरण अनुसार मेयरमा बालेन साहले अग्रता लिएका छन् । वालेनले १६ हजार ५२ मत ल्याएका हुन् ।

उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८ हजार ३ सय ४५ मत प्राप्त गरेका छन् भने कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ७ हजार ५ सय ११ मत ल्याएकी छिन् ।

हालसम्म वडा नम्बर १, २, ३ र ५ को मतगणना सकिएको छ । जसमा बालेनले ३४ प्रतिशतदेखि ३८ प्रतिशतसम्म मत प्राप्त गरेका छन् । त्यसैगरी, भर्खरै मतगणना शुरु भएको वडा नम्बर ७ को १०० मत गणना हुँदा बालेनलाई ४८ मत प्राप्त भएको छ भने सिर्जना सिंहलाई २८ र स्थापितलाई ८ मत प्राप्त गरेका छन् ।

प्रकाशित : ४ जेष्ठ २०७९, बुधबार ११:००