काठमाडौं । आजदेखि बजेट अधिवेशन शुरु हुने भएको छ । संघीय संसद्को ११ औं अधिवेशन आज मंगलबार ४ बजेदेखि हुने भएको हो ।
जेठ १५ मा सरकारले आउँदो वर्षको विनियोजन विधेयक ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को ११ औं अधिवेशन बोलाएकी छिन् ।
संघीय संसद् सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिसकेको छ । उक्त कार्यसूची अनुसार सरकारले जारी गरेका दुई अध्यादेश पेस गर्ने, विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने, अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट पठाएको पत्र सुनाउने कार्य हुनेछ ।
त्यस्तै, राष्ट्रपति भण्डारीले जेठ ७ मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएकी छिन् ।
Comment