शिवम् सिमेन्टको खुद नाफा करिब ४० प्रतिशत कम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

शिवम् सिमेन्टको खुद नाफा करिब ४० प्रतिशत कम



काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म शिवम् सिमेन्टले ६५ करोड ४८ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ३९.९३ प्रतिशत कम भएको हो ।

गत वर्ष यस अवधिसम्म कम्पनीले १ अर्ब ९ करोडभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको कुल आम्दानी घटेको र कुल खर्च बढेकाले खुद नाफामा असर परेको हो । गत वर्ष ७ अर्ब ३९ करोडभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यस वर्ष ७ अर्ब २९ करोडभन्दा बढी मात्र कुल आम्दानी गरेको हो ।

कुल खर्च भने गत वर्ष ६ अर्ब ९ करोडभन्दा बढी रहेकोमा यस वर्ष ६ अर्ब ५१ करोडभन्दा बढी भएको छ । हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब ४० करोड रहेको छ । शेयर प्रिमियम रकम ९५ करोड ६२ लाखभन्दा बढी रहेको कम्पनीको अन्य सम्पत्तिमा ३ अर्ब ८२ करोड ९२ लाखभन्दा बढी रहेको छ । वार्षिक प्रतिशेयर आम्दानी १९.८४ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २०८.७६ रहेको छ ।

प्रकाशित : २८ बैशाख २०७९, बुधबार १३:२७