जेठ ३ गते संसद अधिवेशन बोलाउन सरकारको सिफारिस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थ राजनीति

जेठ ३ गते संसद अधिवेशन बोलाउन सरकारको सिफारिस



काठमाडौं । सरकारले संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेठ ३ गते दिउँसो ४ बजे बस्नेगरी संसद अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

संवैधानिक व्यवस्थाअनुसार सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संसदमा पेस गर्नुपर्नेछ ।

संसद सचिवालय स्रोतका अनुसार जेठ ४ गते पूर्वबजेट छलफल गरी जेठ ७ गते संघीय संसदको बैठकमा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेगरी तयारी अगाडि बढाइएको छ ।

प्रकाशित : २५ बैशाख २०७९, आईतवार १७:२०