काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाको लाभांश परिमार्जन गरेको छ । कम्पनीले २५ प्रतिशत बोनस शेयर वितरण प्रस्ताव गरि राष्ट्रबैंक समक्ष स्वीकृतीका लागि पठाएकोमा लाभांश परिमार्जन गरि २० प्रतिशत बोनस शेयर वितरण गर्न स्वीकृती दिएको हो ।
अव यो बोनस शेयर आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीले २०७८ माघ २ गते बसेको सञ्चालक समितिको बैठकले २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो ।
Comment