मिलिजुली कालिन्चोक साकोसद्धारा क्युआर कोड सेवा शुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मिलिजुली कालिन्चोक साकोसद्धारा क्युआर कोड सेवा शुरु



काठमाडाैं । मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्थाले क्युआर कोड सञ्चालनमा ल्याएको छ । संस्थामा आवद्ध शेयर सदस्यहरुलाई प्रविधियुक्त सेवा दिने क्रममा संस्थाले हिजो डिजिटल बित्तिय सेवा प्रयोग गर्न चाहाने शेयर सदस्यहरुको उपस्थितिमा डिजिटल बित्तिय सेवा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरी क्युआर कोड स्टयाण्ड बितरण गरेको हो ।

रेमिटान्स्, मिसकल बैंकीङ्ग, क्युआर स्क्यान एण्ड पे सहित भएको मोवाईल बैंकीङ्ग सेवा बिगत देखी प्रदान गर्दै आएकोमा संस्थाले हिजो बाट क्युआरकोड सेवा अन्तर्गत क्युआर स्टयाण्ड बितरण गरेको हो । संस्थाले प्रयोग गरीरहेको सफ्टवयर कम्पनी ईन्फोडेभलपर्स प्रा.ली. हिमालयन बैंक र स्मार्ट च्वाईस टेक्नोलोजिसँग समन्वय र सम्झौता गरी ए.टी.एम. सेवा समेत सञ्चालनमा ल्याईसकको छ । बर्तमान अवस्थामा आफ्ना शेयर सदस्यहरुलाई प्रविधि र मुस्कान सहितको सेवालाई संस्थाले प्राथमीकतामा राखेको जनाएको छ ।

संस्थाले भावि दिनमा आफ्ना शेयर सदस्यलाई पेपरलेस कार्यालय बाट क्यासलेस सेवा दिनु पर्दछ भन्ने मान्यता राखी पुर्वाधारहरु तयार गरीरहेको उल्लेख गरेको छ । संस्थाले प्रवाह गरेको प्रविधियुक्त सेवा लिने सम्पुर्ण शेयर सदस्यहरुलाई धन्यवाद टक्रयाउदै सेवा लिन बाँकी रहेका सदस्यहरुलाई प्रविधि सहितको मिलिजुली कालिञ्चोक साकोसको मोवाईल बैंकीङ्ग सेवा प्रयोग गर्न आग्रह गरेको छ। अध्यक्ष नारायण बहादुर श्रेष्ठको अध्यक्षता, संस्थापक अध्यक्ष रामदास श्रेष्ठको प्रमुख आतित्थ्यता सञ्चालीत कार्यक्रममा सचिव ठाकुर प्रसाद पाठकले स्वागत मन्तब्य, प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानेले स्लाईड प्रस्तुति सहित सहजीकरण र स. ब्यवस्थापक रमेश सापकोटाले कार्यक्रम सञ्चालन गरेक थिए ।

प्रकाशित : २५ बैशाख २०७९, आईतवार ११:४८