रिभर फल्सले बैशाख २८ गते देखि आईपिओ निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

रिभर फल्सले बैशाख २८ गते देखि आईपिओ निष्काशन गर्ने



रिभर फल्स पावरले बैशाख २८ गते देखि सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्बसाधारणलाई २७ लाख ३० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

जस मध्ये ५४ हजार ६ सय कित्ता शेयर कम्पनीको कर्मचारीको लागि छुट्याईएको छ भने १ लाख ३६ हजार ५ सय कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । बांकी रहेको २५ लाख ३८ हजार ९ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । 

आवेदन दिंदा न्युनतम १० कित्ता आर अधिकतम १ लाख कित्ता शेयरको लागि आवेदन दिन सकिने छ । लगानीकर्ताले जेठ ४ गतेसम्म आवेदन दिन सक्ने छन् ।  । शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनी यस अघि नै संखुवासभाका आयोजना प्रभावितलाई आईपिओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ । 

रिभल फल्स पावरले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित पिलुवाखोलामा १०.३ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । आगामी असार मसान्त भित्र आयोजना सम्पन्न गर्ने कम्पनीको लक्ष्य रहेको छ। 

प्रकाशित : २० बैशाख २०७९, मंगलवार १४:२७