काठमाडाै । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागले प्रक्षेपण गरेको छ । तथ्यांकले विभागले बिहीबार पत्रकार सम्मेलन गर्दै यस्तो अनुमान सार्वजनिक गरेको हो ।
आर्थिक वर्ष सकिन तीन महिनामात्रै बाँकी रहेको छ । बाँकी तीन महिनाको अवधिमा ठूलो असर नआउने र कोभिड-१९ को असर पनि कम भएका आधारमा यस्तो अनुमान गरिएको विभागले बताएको छ । प्रक्षेपणअनुसार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को वृद्धिदर आधारभूत मूल्यमा ५.४९ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । यस्तो वृद्धिदर आव २०७७/०७८ मा ३.८३ प्रतिशत हुने संशोधित अनुमान र आव २०७६/०७७ मा २.४२ प्रतिशतले ऋणात्मक रहेको अन्तिम अनुमान रहेको विभागले जनाएको छ ।
त्यस्तै उद्योगको १०.३ प्रशित, सेवा क्षेत्रको ५.९ प्रतिशत र कृषि र खानीसहित प्राथमिक क्षेत्रको आर्थिक वृद्धिदर २.३ प्रतिशत हुने विभागले अनुमान गरेको छ ।
Comment