नेपालीको आम्दानी वर्ष दिनमै १८१ डलरले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नेपालीको आम्दानी वर्ष दिनमै १८१ डलरले बढ्यो



काठमाडाैं । नेपालीको वार्षिक आम्दानी बढेर १३७२ डलर पुगेको छ । केन्द्रीय तथ्यांक विभागले बिहीबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको अर्थतन्त्र विस्तारसम्बन्धी विवरणमा प्रतिव्यक्ति आय बढेको उल्लेख छ ।

गत वर्ष प्रतिव्यक्ति आय ११९१ डलर थियो । गत वर्षको तुलनामा यो वर्ष नेपालीको आम्दानी १८१ डलर बढेको विभागले सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांकमा उल्लेख छ ।

सरकारले आगामी २५ वर्षमा प्रत्येक नेपालीको आम्दानी साढे १२ हजार डलर पुर्‍याउने लक्ष्य राखेको छ। पछिल्लो १० वर्षको आय वृद्धिलाई हेर्दा त्यो लक्ष्य भेट्टाउन असम्भवै जस्तो देखिन्छ।

आजको १२२ रुपैयाँको बिनिमय दरलाई आधार मान्ने हो भने पोहोर भन्दा यसपाली नेपालीको प्रति व्यक्ति आय २२ हजार ८२ रुपैयाँले बढेको छ। पोहोर एक लाख ४५ हजार ३०२ रुपैयाँ थियो यसपाली १ लाख ६७ हजार ३८४ रुपैयाँ पुगेको छ।

प्रकाशित : १५ बैशाख २०७९, बिहीबार १३:१३