क्यान इन्फोटेक सम्पन्न, अवलोकनकर्ताको उत्साहजनक सहभागिता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

क्यान इन्फोटेक सम्पन्न, अवलोकनकर्ताको उत्साहजनक सहभागिता



काठमाडौं । यहि बैसाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ६ दिनसम्म आयोजना भएको आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्यु आर सफलता पुर्वक सम्पन्न भएको छ ।

सूचना तथा संचार प्रविधि र मनोरञ्जन सम्बन्धी देशको एकमात्र प्रदर्शनीको यो २७ औं संस्करण यसअघि कोभिड-१९ तथा सोहि सम्बन्धि नेपाल सरकारका निर्णयहरूलाई ध्यानमा राख्दै विगतमा २ पटकसम्म स्थगित भएको थियो । शुरुदेखि नै पुषरमाघरफाल्गुनको जाडो महिनामा हुने प्रदर्शनी यस पटक पहिलो पटक बैशाख महिनामा सम्पन्न भएको हो ।

इन्फोटेकमा आईसीटी एक्सेसेरिज र अन्य विभिन्न स्टलहरूमा विशेष छूट तथा अफरहरूको व्यवस्था गरिएकोमा प्रायजसो स्टलहरुले छूट तथा अफरहरूलाई आगामी १-२ महिनासम्म कायम राख्ने बताईएको छ ।

बैसाख ७ गते एक समारोहका विच सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल, नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठ, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल,नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, सम्माननिय प्रधानमन्त्रीको सूचना प्रविधि बिज्ञ दिपेश बिष्ट, सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल दत्त, नेपाल उद्योग परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डे, एवं क्यान महासंघका संस्थापक, निवर्तमान तथा पुर्व अध्यक्षहरु लगायत मुख्य प्रायोजक आइएमइ पेका अध्यक्ष हेमराज ढकाल र सह-प्रायोजक एससिटीका प्रमुख कार्यकारी अधिकृत नारायण भुजु लगायत सुचना तथा संचार प्रविधिको क्षेत्रका अग्रजहरुको सहभागितामा प्रदर्शनीको शुभारम्भ गरिएको थियो ।

२ वर्ष अगाडि सम्पन्न क्यान इन्फोटेकको २६ औं संस्करण करिब साढे ३ लाख जनाले अवलोकन गरेकोमा यो संस्करणमा करिव सवा २ लाखजना अवलोकनकर्ताले प्रदर्शनीको अवलोकन गरेका छन ।

एस.इ.इ.को परिक्षा, त्रिभुवन विश्वविद्यालय अन्तर्गत विभिन्न संकायमा भैरहेको परिक्षा, कजेलहरुको पूर्वबोर्ड परीक्षा, स्थानिय चुनाव तथा यस सम्बन्धि निर्वाचन आयोगको आचार संहिता, पछिल्लो दुई दिन स्थानीय तह निर्वाचनको लागि राष्ट्रिय सभागृहमा मनोनयन दर्ता गर्ने कार्यक्रम, अघिल्लो २ दिन वर्षाको अवरोधका कारण अवलोकनकर्ताको संख्यामा कमि देखिए पनि यसलाई स्वाभाविक लिनुपर्ने क्यान महासंघको धारणा रहेको छ ।


प्रदर्शनीको ६ दिनको अवधिमा नेपालका लोकप्रिय कलाकार स्वस्तिमा खड्का, निस्चल बस्नेत, सुष्मा कार्की, दीपाश्री निरौला, जितु नेपाल ‘मुन्द्रे’, लगायत समाजमा चर्चित ब्यक्तित्वहरुले प्रदर्शनीमा उपलब्ध सुचना तथा संचार प्रविधिको अवलोकन गरेका छन ।

यसैगरी लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनाली तथा आयोगका सदस्यहरु, माननियहरु, पूर्वराजदूत भागीरथ बस्नेत, पूर्वसचिव इन्जिनियर हरी राम कोइराला लगाएत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु, विभिन्न नियोगमा कार्यरत कर्मचारीहरुले पनि प्रदर्शनीको अवलोकन गरेका छन ।

क्यान इन्फोटेकको स्टार्टअप र इन्नोभेशन खण्डमा रहेका २६ वटा स्टलहरुमा सबै दिननै अवलोकनकर्ताको आकर्षण देखिएको थियो । अवलोकनकर्ताहरुले स्टार्टअप र इन्नोभेशनलाई प्राथमिकता दिने क्यान महासंघको निर्णयको स्वागत गरेका छन । इन्नोभेशनका निम्ति क्यान महासंघले नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठानसंग सहकार्य गरेको थियो भने स्टार्टअपका निम्ति सार्वजनिक सुचना निकालेरै सम्बन्धित व्यक्ति वा संस्थालाई सहभागि हुन आह्वान गरेर प्राप्त आवेदनहरुबाट छनौट गरिएको थियो ।

आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्यु आरको उत्कृष्ट स्टलको पुरस्कार वर्ल्डलिङ्क कम्युनिकेसन लिमिटेड तथा उत्कृष्ट स्टार्टअपको पुरस्कार बि.आइ.सि. टेक्नोलोजी प्रा.लि.ले जितेका छन । उत्कृष्ट स्टलको पुरस्कार मूल्य ने.रु. पचास हजार रहेको छ भने उत्कृष्ट स्टार्टअपलाई राष्ट्रिय सुचना प्रविधि दिवसको अवसरमा पुरस्कृत गर्ने क्यान महासंघको योजना रहेको छ ।


क्यान इन्फोटेक सफलतापुर्वक आयोजना गर्न सहयोग पुरयाउनुहुने प्रायोजक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगी संस्थाहरु लगाएतमा क्यान महासंघ हार्दिक आभार ब्यक्त गरेको छ ।
क्यान इन्फोटेक २०२२ मा १७० स्टलहरु विभिन्न खण्डमा रहेका थिए जसमा ब्राण्डिङ, फिन्टेक, स्टार्टअप र इन्नोभेशन, आइसिटी एक्सेसरिज तथा प्रडक्ट लञ्चिङ मुख्य खण्ड रहेका थिए ।
२७ औं क्यान इन्फोटेकको शिर्ष प्रायोजन आइएमइ पेले गरेको थियो भने सह(प्रायोजक एससिटी स्मार्ट क्युआर युनियन पे रहेको थियो ।

इन्फोटकको प्लाटिनम प्रायोजक – वर्ल्डलिङ्क कम्युनिकेसन, डायमण्ड प्रायोजक – डिस होम फाइवरनेट, गोल्ड प्रायोजकमा – जेनेरेसन नेक्स्ट र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड, सिल्भर प्रायोजकमा – नमस्ते पे, डिजिकम, एस-पावर बिपिइ, ब्रोडवे इन्फोसिस, हुवावे टेक्नोलोजी र टेकमिन्ट रहेका थिए ।

त्यसैगरी इन्नोभेसन पार्टनर सफ्टवेरिका कलेज, एकाडेमिक पार्टनरको रुपमा सनवे कलेज, लजिस्टिक पार्टनरमा एक्सल्याब, इकमर्स पार्टनर सोचेको डट कम र डिजिटल डिस्प्ले पार्टनरको रुपमा अल्ट्रा एल.इ.डि.रहेका थिए ।

क्यान इन्फोटेकको यो संस्करणमा विश्वव्यापी रुपमा सहभागिता हुनसक्ने गरि भर्चुअल प्रदर्शनी समेतको ब्यबस्था गरिएको थियो । उक्त भर्चुअल प्रदर्शनीको निम्ति मण्डला सिस्टमले भर्चुअल एक्जिविसन पार्टनरको रुपमा क्यान महासंघसंग सहकार्य गरेको थियो ।

त्यसैगरी प्रदर्शनीमा गुणस्तरीय खाना तथा नास्ताको प्रवन्ध गर्न रेबान सँग सहकार्य गरिएको थियो भने प्रदर्शनीको अफिसियल बैंकको रुपमा ग्लोबल आइएमई बैंक, अफिसियल इन्स्युरेन्सको रुपमा आइएमई जनरल ईन्स्युरेन्स रहेका थिए ।

ईन्फोटेकलाई नेपाल सरकार सञ्चार तथा सुचना प्रविधी मन्त्रालय, सुचना प्रविधी विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल बैंक लिमिटेड, नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठान, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, सुविसु केवलनेट, भायानेट, रोबोटिक्स एसोसियसन अफ नेपाल लगायत अन्तराष्ट्रिय संस्था विट्सा, असोसियोको प्रत्यक्षरअप्रत्यक्ष रुपमा सहयोग एवं समर्थन रहेको थियो ।

प्रकाशित : १३ बैशाख २०७९, मंगलवार १४:४५