एन आइ सी एशिया क्यापिटलको पूँजी बजार साक्षरता सम्बन्धी कार्यक्रम बीरगञ्जमा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एन आइ सी एशिया क्यापिटलको पूँजी बजार साक्षरता सम्बन्धी कार्यक्रम बीरगञ्जमा सम्पन्न



काठमाडौं । एन आइ सी एशिया क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै संस्थागन सामजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको छ । सोही कार्यलाई निरन्तरता दिने क्रममा मदेश प्रदेश अन्तर्गत होटल पूजन, आदर्श नगर, बीरगञ्जमा तेश्रो प्रदेश स्तिरीय पूँजी बजार साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ्ग श्री दामोदर रायमाझी र प्रमुख संचालन/लगानी अधिकृत मनिष घिमिरेले डिम्याट खाता, प्रथामिक शेयर, धितोपत्रको दोश्रो बजार, मुद्रा बजार उपकरणहरु, सामूहिक लगानी कोष, दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गर्दा कहिले कसरी लगानी गर्ने तथा लगानी सम्बन्धी निर्णय लिदाँ ध्यान दिनुपर्ने कुराहरु लगायत समग्र पूँजी बजारको पछिल्लो अवस्थाको सम्बन्धमा बिस्तृत जानकारी तथा छलफल गरिएको थियो ।

मर्चेण्ट बैंकहरु उपत्यका केन्द्रित रहेको र काठमाण्डौ उपत्यका बाहिरबाट मर्चेण्ट बैंकहरुले प्रदान गर्ने सेवा प्राप्त गर्न निकै असहज भएको जनगुनासो बारम्बार आउने गरेको हुँदा उपत्यका बाहिरबाट कसरी मर्चेण्ट बैंकहरुले उपलब्ध गराएको सेवा लिन सकिने र नयाँ लगानीकर्ताहरुलाई सहज रुपमा पूँजबारमा आबद्ध भई सुरक्षित रुपमा शेयर कारोवार गर्न सकुन भन्ने मुख्य उद्देश्यका साथ उक्त साक्षरता कार्यक्रम आयोजना गरिएको थियाे ।

उक्त कार्यक्रममा ७० जना भन्दा बढी लगानीकर्ताहरुको सहभागिता रहेको थियो । क्यापिटलले आगामी दिनमा सोही प्रकृतिको साक्षरता कार्यक्रम अन्य प्रदेशहरुमा समेत गर्ने जनाएको छ ।

प्रकाशित : ११ बैशाख २०७९, आईतवार १५:०३