काठमाडाैं । सूर्या लाइफ इन्स्योरेन्सको कायम मुकायम नायब महाप्रवन्धक पदमा मेघेंद्र प्रकाश नियुक्त भएका छन्। जनसम्पर्क तथा ब्राण्डिङ विभाग प्रमुखको जिम्मेवारी सहित गिरि उक्त पदमा नियुक्त भएका हुन्। गिरीले गत बिहीबारदेखि नै कार्यभार सम्हालिसकेका छन् ।
गिरि यस अगाडी नेपाल इन्स्योरेन्समा कम्युनिकेसन एण्ड ब्राण्डिङ प्रमुखको रुपमा काम गरेका थिए। गिरीसंग कम्युनिकेसन एण्ड ब्राण्डिङ क्षेत्रमा काम गरेको लामो अनुभव रहेको छ। गिरि एफएमसिजि, बहुराष्ट्रिय कम्पनी, मिडिया, बैंक र बीमाको क्षेत्रमा ब्रान्डिङ तथा मार्केटिङ प्रभाव छोड्न सफल भईसकेका छन्।
उनले पशुपति पेन्ट्स, कैलाश चिया, त्रिशक्ति सिमेन्ट, कान्तिपुर टेलिभिजन, एनआइसी एसिया बैंक, नेपाल लाइफ इन्स्योरेन्स लगायत थुप्रै कम्पनीहरुमा काम गरेर आफुलाई अब्बल सावित गरिसकेका छन्। यहि कारण उनी नेसनल प्रोफेसनल एचिभमेन्ट अवार्डबाट सम्मानित समेत भएका छन्।
Comment