यो साता घट्दो बजारमा यी कम्पनीका लगानीकर्ता भए मालामाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

यो साता घट्दो बजारमा यी कम्पनीका लगानीकर्ता भए मालामाल



काठमाडौं । यो साता नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) मा  दुई सय २५ वटा कम्पनीहरुको एक लाख ५५  हजार ६ सय ६० वटा कारोवार भएको छ ।

जसअनुसार एक करोड ५१ लाख ९३ हजार ७ सय ११ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ७ अर्ब १७ करोड १५ लाख ८४ हजार रुपैंया बराबरको पुगेको छ ।

कारोबारको पहिलो दिन २४२२.३४ अंकमा खुलेको बजार ९६.८९ अंकले घटेर साताको अन्तिम दिन २३२५.४५ अंकमा बन्द भयो । हप्ताको पाँच दिन कारोबार भएको नेप्सेमा तिन दिन बजार घटेको छ, भने दुई दिन बजार बढेको छ ।

यो साता उच्च बिन्दु २४३७.६७ अंक बनाएको नेप्सेले हप्ताकै न्युन बिन्दु २२८६.६० अंक बनाएको थियो । यस साता शिर्ष कमाउने कम्पनीहरुमा पहिलो स्थानमा जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेड रहेको छ । यसका  शेयर लगानीकर्ताले सबैभन्दा बढी मुनाफा आर्जन गरेका छन् । जसको शेयरमुल्य ३६ प्रतिशत भन्दा बढीले बृद्धि भएको  छ ।

 त्यसैगरी दास्रो सबैभन्दा बढी कमाएको कम्पनी नेष्डो सम्वृद्ध  लघुवित्त वित्तिय संस्था रहेको छ । यसका लगानीकर्ताले २१.३२ प्रतिशत कमाएका छन् । यो साता बढेको कम्पनीमा सामुदायिक लघुवित्त वित्तिय संस्था पनि हो  । यसको शेयर ६.१० प्रतिशतले बढेको छ । यो संगै अर्को कमाउने कम्पनीमा मेगा म्युचुअल फन्ड–१ पनि छ । यो कम्पनीको यस हप्ता लगभग २.६ प्रतिशतले बृद्धि भएको छ । अन्तिममा यस साता कमाउने कम्पनीमा समिट लघुवित्त वित्तिय संस्था लिमिटेड रहेको छ भने यसको शेयरमुल्य २.३७ प्रतिशतले बढेर बन्द भएको छ ।

प्रकाशित : १० बैशाख २०७९, शनिबार १७:०६