कोपोमिसमा आबद्ध नभएका सहकारीले कर चुक्ताको प्रमाणपत्र नपाउने ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कोपोमिसमा आबद्ध नभएका सहकारीले कर चुक्ताको प्रमाणपत्र नपाउने !



काठमाडाैं । कोपोमिस सिस्टममा आवद्ध नहुँने सहकारीलाई कर कार्यलयबाट प्राप्त हुने कर चुक्ताको प्रमाण पत्र नपाउने सम्मको व्यवस्था गर्ने छलफलमा जुटेको छ ।

नेपाल सहकारी पत्रकार समाज र सहकारी विभागले संयुक्तरूपमा आयोजना गरेको कोपोमिस अभिलेखिकरण अभिबृद्वि बिषयको कार्यक्रममा बोल्दै विभागका रजिस्ट्रार रूद्र प्रसाद पण्डितले कोपोमिसको पूर्ण कार्यान्वयनका लागि कडाई गर्न कर कार्यलयहरु संग छलफल गरि प्रकृया अगाडी बढाउने पक्षमा आफुहरु रहेको बताए । भ्याट, प्यान लिने क्रममा कोपोमिसमा आबद्ध नभएका सहकारीलाई उक्त सुविधा नदिने व्यवस्था गर्न विभागले तादरुकता देखाएको हो ।

अब अनुदान लिने सहकारी संस्थाहरुलाई समेत कोपोमिस प्रणालिमा आबद्ध भए पछि मात्रै अनुदानका लागि योग्य मानिने उनको तर्क रहेको छ । राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक तथा केन्द्रीय संघहरुको सहकार्यमा सबै सहकारीलाई कोपोमिसको दायरामा ल्याउने उनले बताए । कोपोमिसमा समस्या कता छ ल्याउनुस , रजिष्ट्रारले भने- समस्या नभए सहकारी अभियान कोपोमिस भित्र आउनुको कुनै विकल्प नरहेको बताए । समस्या भए विभाग सुधार गरेर अगाडी बढ्ने पक्षमा रहेको बताए ।

सहकारी ऐन २०७४ मा ५ करोड भन्दा बढी कारोबार गर्ने सहकारीलाई ४ वर्षभित्र कोपोमिसमा आबद्ध गराउने वाध्यकारी व्यवस्था गरेको छ । आबद्ध नभएमा ३ लाखसम्म जरिवाना हुने व्यवस्था छ । तर हाल सहकारीको सक्रिय सहभागिता भने देखिन सकेको छैन ।

प्रकाशित : ९ बैशाख २०७९, शुक्रबार १५:५६