राष्ट्रिय वाणिज्य बैंकको मधेश प्रदेशकाे आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्रिय वाणिज्य बैंकको मधेश प्रदेशकाे आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको मधेश प्रादेशिक कार्यालयको आयोजनामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

बैंकको ५७ औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका थिए । बैंकको मधेश प्रादेशिक कार्यालयको प्रादेशिक प्रबन्धक कमलेश ठाकुरको अध्यक्षतामा संचालन भएको रक्तदान कार्यक्रममा वीरगंज, श्रीपुर शाखाका कर्मचारी तथा आम नागरिकले रक्तदान गरेका थिए ।

बैंकले देशभर २५८ वटा शाखा कार्यालय, २४५ वटा ए.टि.एम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ शाखारहित बैंकिंग सेवा सहित आधुनिक डिजिटल बैंकिङ्गको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ ।

प्रकाशित : ९ बैशाख २०७९, शुक्रबार १५:०९