सेञ्चुरी कमर्सियल बैंकको नयाँ ३ शाखा सञ्चालनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

अर्थबजार स्टोरी

सेञ्चुरी कमर्सियल बैंकको नयाँ ३ शाखा सञ्चालनमा



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा बैशाख ८ गतेदेखि थप ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले छुट्टछुटै कार्यक्रमहरुका बीच उक्त शाखाहरुको उद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन्।

बैंकले एकै दिन कञ्चनपुरको भीमदत्त नगरपालिका,४ को महेन्द्रनगरमा, कैलालीको लम्की नगरपालिका,१ लम्कीमा र बर्दियाको गुलरिया नगरपालिका,७ को गुलरियामा सेवा सुरू गरेको हो ।

देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यकासाथ बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

थप तीन शाखा संचालनमा आएपछि बैंकको कुल शाखा संख्या १३३ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११३ वटा एटिएम रहेको छ ।

प्रकाशित : ९ बैशाख २०७९, शुक्रबार १२:१५