उपकार लघुवित्तको आइपिओ शुक्रबार बाँडफाँट हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

उपकार लघुवित्तको आइपिओ शुक्रबार बाँडफाँट हुने



काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओ भोलि (शुक्रबार) बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको प्रांगणमा बिहान ८ बजेदेखि बाँडफाँट कार्यक्रम सुरू हुनेछ।

उपकार लुघवित्तले गत चैत्र २५ गते आइपिओ निष्कासन गरेको थियो।

कम्पनीको कुल ६ लाख ५६ हजार २५० सेयर दर्ता गरिएको छ। जसमध्ये लघुवित्तले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमा दुई करोड ३६ लाख २५ हजार रूपैयाँ बराबरको २ लाख ३६ हजार २५० कित्ता साधारण सेयर निष्कासन गरेको हो।

संस्थाले जारी गरेको कुल सेयरमध्ये ०.५ प्रतिशत अर्थात् ३ हजार २८२ सेयर संस्थाको कर्मचारीहरूको लागि र ५ प्रतिशत अर्थात‍् ११ हजार ८१३ सेयर म्युचुअल फन्डको लागि छुट्याएको छ। यसबाहेक बाँकी २ लाख २१ हजार १५६ कित्ता सेयर सर्वसाधरणको लागि दिइएको हो।

दुई करोड ७५ लाख ६५ हजार २३० सेयर कित्ताको लागि २४ लाख ३१ हजार १७० जनाले आवेदन दिएका छन्।

प्रकाशित : ८ बैशाख २०७९, बिहीबार १३:१३