चन्द्रागिरि साकोसले २१औं स्थापना दिवस मनाउदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

चन्द्रागिरि साकोसले २१औं स्थापना दिवस मनाउदै



काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौंले २१औं स्थापना दिवस मनाएको छ ।

“चन्द्रागिरिको चाहना, समुन्नत समाजको सृजना” भन्ने मुल नाराका साथ २ दशक अघि आजकै दिन सुरु भएको सहकारीको यात्रालाई स्मरण गर्दै संस्थाका अध्यक्ष योगेन्द्रकुमार कुँवरले सदस्यहरुमाझ शुभकामना सन्देश जारी गरेका छन्।

सन्देशमा अध्यक्ष कुँवरले चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.को २१औं स्थापना दिवसको अवसरमा साकोस सम्बद्ध सम्पूर्ण संस्थापक, अग्रज नेतृत्व, सञ्चालक, सदस्य र सम्पूर्ण शुभचिन्तकहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक उन्नयनका लागि समुदायमा आधारित रहेर सञ्चालित यस संस्थाले विभिन्न आरोह र अवरोहहरुबीच आज जुन पहिचान बनाएको छ, त्यसको आधार सदस्यहरुले संस्था प्रति देखाएको विश्वास र सक्रियता भएको उनले स्पष्ट पारेका छन् ।

प्रकाशित : ६ बैशाख २०७९, मंगलवार १३:२५