काठमाडाैं। आइतबार सेयर बजार राताम्मै बनेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक २९.६० अंकले घटेर २३८५.६४ विन्दुमा झरेको छ । नेप्से परिसूचक १.२३ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ५.१२ अंकले घटेर ४२०.९७ विन्दुमा झरेको छ ।
कारोबार भएका २४ कम्पनीको शेयरमूल्य बढेको छ भने १६७ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा भने उच्च वृद्धि भएको छ । आज नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २४८८.९० रुपैयाँ पुगेको छ ।
हिमालयन उर्जा विकास कम्पनी र इमर्जिङ कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ भने इमर्जिङ कम्पनीको ७ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दूरसञ्चार कम्पनीको भएको छ । यस कम्पनीको आज ४ करोड ९९ लाख भन्दा बढीको कारोबार भएको छ ।
Comment