नयाँ वर्षमा आइएमईको योजना साप्ताहिक र बम्पर विजेता गरी कूल ६१ जना लाभान्वित हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

नयाँ वर्षमा आइएमईको योजना साप्ताहिक र बम्पर विजेता गरी कूल ६१ जना लाभान्वित हुने



काठमाडौं । नयाँ वर्षको अवसरमा आइएमईले “आइएमई २०७९ मा २०७९” नामक सेवाग्राहीमैत्री व्यापार प्रवद्र्धनात्मक योजना सार्वजनिक गरेको छ । यो योजना बैशाख १गते देखि बैशाख ३१ सम्म ३१ दिनका लागि कायम रहनेछ । सो योजना आइएमई ग्रुपको केन्द्रीय कार्यालय पानीपोखरीस्थित एक विशेष कार्यक्रममा सार्वजनिक गरिएको हो ।

कार्यक्रममा संक्षिप्त मन्तव्य ब्यक्त गर्दै आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले पर्व वा विशेष अवसरलाई लक्षित गरी तयार पारिएको बताएका छन् । साथै, यस्ता सेवाग्राहीमुखी व्यापार प्रवद्र्धनात्मक कार्यक्रमले सेवाग्राही र आइएमईबीचको सम्बन्धलाई अझ मजबुत बनाउन भूमिका खेल्दै आएको अनुभव रहेकाले यस्ता योजनाहरू विगतमा जस्तै आम सेवाग्राहीहरूको उल्लेख्य सहभागिता हुने विश्वास व्यक्त गरे ।

उक्त १ महिने योजना अन्तर्गत विदेशबाट आइएमई मार्फत पठाइएको रकम नेपालभरी छरिएका एजेन्ट÷सव एजेन्ट आउटलेट मार्फत प्राप्त गर्दा, बैंक ट्रान्सफर गर्दा वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा हरेक हप्ता १५ जना विजेता रहने गरी यो योजना अवधी भरी जम्मा ६० जना भाग्यशाली विजेताहरुले प्रतिव्यक्ति दुई हजार ७९ र बम्परमा १ भाग्यशाली विजेतालाई रू. दुई लाख ७ हजार ९०० रुपैया प्रदान गरिनेछ ।

यो योजनामा सहभागी भएका सेवाग्राहीहरु मध्य कूल ६१ जना विजेताहरु लाभान्वित हुनेछन् भने यसका विजेताहरु सिस्टममा आधारित स्वचालित लक्की ड्र प्रणाली द्वारा निर्धारण गरिनेछ ।
यस योजनाको नतिजा कम्पनीका आधिकारिक सामाजिक संजाल पेजहरू, वेब साइट एवम् संचारका माध्यम मार्फत सार्वजनिक गरिने छ । योजना अवधिका लागि विभिन्न सेवा र शर्तहरू लागु गरिने पनि जनाएको छ ।

प्रकाशित : २ बैशाख २०७९, शुक्रबार १६:०४