सेञ्चुरी बैंकले ल्यायो शताब्दी बचत खाता, यस्ता छन् सुविधा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सेञ्चुरी बैंकले ल्यायो शताब्दी बचत खाता, यस्ता छन् सुविधा



काठमाडाैं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ वर्ष २०७९ को शुभ अवसरमा बचतकर्ताहरुको हितलाई ध्यानमा राखेर शताब्दी बचत खाता संचालनमा ल्याएको छ ।

शताब्दी बचत खातामा ग्राहकहरुले वार्षिक ८.०३ प्रतिशतको उच्च व्याजदरका साथ साथै ७ लाखरुपैयाँ सम्मको निःशुल्क बीमा सुविधा प्राप्त गर्न सक्नेछन । यस खातामा १ लाखसम्मको स्वास्थ्य बीमा, रु १ लाखसम्मको विभिन्न १८ घातक रोगको बीमा र ५ लाख सम्मको दुर्घटना बीमाको व्यवस्था रहेको छ ।

शताब्दी बचतखाता खोल्दा ग्राहकहरुलाइमोबाइल बैंकिंग, इन्टरनेट बैंकिङ्ग, भिषा डेबिट कार्ड, लकर सेवा,डिम्याट खाता र मेरो शेयर निःशुल्क प्रदान गरिने छ । साथैं शताब्दी खाता खोल्दा ग्राहकहरुलाई बैंकको केन्द्रीय कार्यालयमा प्रिभिलेज काउन्टरको व्यवस्था र शाखाहरुमा विशेष प्राथमिकता साथ सेवा प्रदान गरिनेछ । यो खाता बैंकका सम्र्पूण शाखाहरुबाट खोल्न सकिनेछ ।

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । थप जानकारीका लागि बैंकको वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध छ ।

प्रकाशित : २ बैशाख २०७९, शुक्रबार १५:५५