हप्तामा २ दिन बिदा दिने निर्णयमा सरकार पुगेकै हो ? यसो भन्छन सरकारका प्रवक्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

हप्तामा २ दिन बिदा दिने निर्णयमा सरकार पुगेकै हो ? यसो भन्छन सरकारका प्रवक्ता



काठमाडाैं । हप्तामा २ दिन बिदा दिने निर्णयमा सरकार नपुगेको जनाएको छ । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका सूचना, सञ्चार तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हप्तामा २ दिन बिदा दिने विषयमा मन्त्रिपरिषदभित्र छलफल भईरहेको तर, निर्णय भईनसकेको जानकारी दिए ।

‘हप्तामा दुई दिन बिदा दिने निर्णय भएकै छैन, भएको भए सार्वजनिक भै सकेको हुन्थ्यो,’मन्त्री कार्कीले भने, ‘सातामा दुई दिन बिदा दिने भन्ने बिषयमा भने मन्त्रिपरिषदमा बहसको रुपमा प्रवेश भएको छ ।’

प्रकाशित : २ बैशाख २०७९, शुक्रबार १५:४६