प्रभु ग्रुपका अध्यक्ष भट्टचन सरकारद्धारा विभूषित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभु ग्रुपका अध्यक्ष भट्टचन सरकारद्धारा विभूषित



काठमाडाैं । प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन सरकारद्धारा विभूषित भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा अध्यक्ष भट्टचनलाई सुकीर्तिमय राष्ट्रदीप प्रदान गरिन ।

नेपाल सरकार, मन्त्रिपरिषद्ले गत असोज ३ गते संविधान दिवस २०७८ को अवसरमा भट्टचनलाई विभुषण प्रदान गर्ने घोषणा गरेको थियो ।

यसअघि पनि उनि पदकबाट विभूषित हुनुभएको थियो । भट्टचनको प्रभु बैंक, प्रभु लाइफ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्रभु क्यापिटल, प्रभु हेलिकप्टर, प्रभु मनि ट्रान्सफर, प्रभु पे, प्रभु टेलिभिजनलगायत १ दर्जन भन्दा बढी कम्पनी सञ्चालनमा छन् । उनि सफल व्यवसायी हुन्।

प्रकाशित : २ बैशाख २०७९, शुक्रबार १५:३८