मेगा बैंकको कामु सीईओमा रविना देशराज श्रेष्ठ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मेगा बैंकको कामु सीईओमा रविना देशराज श्रेष्ठ



काठमाडाैं । मेगा बैंक नेपालको कामु सीईओको जिम्मेवारी रविना देशराज श्रेष्ठलाई दिइएको छ।

बैंक सञ्चालक समितिको गत चैत ३० गते बसेको बैठकले श्रेष्ठलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो। यसअघि श्रेष्ठ मेगा बैंकमा नायब सीईओका रुपमा कार्यरत थिइन्।

मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीको ४ वर्षे कार्यकाल हिजो वैशाख १ गतेबाट सकिएको छ। उनले केही दिनअगाडि नै राजीनामा दिएकी थिइन्।

सञ्चालक समितिले अर्को व्यवस्था नभएसम्मका लागि श्रेष्ठलाई वैशाख २ गतेबाट लागू हुने गरी कामु सीईओको जिम्मेवारी दिएको हो।

श्रेष्ठ स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन्। ३१ बर्षदेखि नेपालको बैंकिङ क्षेत्रमा सेवारत श्रेष्ठ बिजनेस र ग्रामीण बैंकिङमा विशेष दख्खल राख्ने बैंकर हुन्।

प्रकाशित : २ बैशाख २०७९, शुक्रबार १५:००